आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी « Khabarhub

आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रनमा समेटियो ।

कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८, उमेश यादवले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले एकएक विकेट लिए ।

राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसन ३८, शिम्रन हिटमायर २६ रन रनमा समेटिँदा देबदुत पडिकलले २४ रन बनाए ।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यो जितसँगै
राजस्थान अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसले आठ खेलमा समान आठ अंक जोडेको हो ।

छैटौं स्थानको कोलकत्ताले ७ खेलमा ६ अंक बनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय