आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी « Khabarhub

आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो ।

सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रनमा समेटियो ।

कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८, उमेश यादवले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।

ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले एकएक विकेट लिए ।

राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसन ३८, शिम्रन हिटमायर २६ रन रनमा समेटिँदा देबदुत पडिकलले २४ रन बनाए ।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए । यो जितसँगै
राजस्थान अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसले आठ खेलमा समान आठ अंक जोडेको हो ।

छैटौं स्थानको कोलकत्ताले ७ खेलमा ६ अंक बनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये