औषधि अभावले श्रीलङ्काको स्वास्थ्य संयन्त्र नै जोखिममा | Khabarhub Khabarhub

औषधि अभावले श्रीलङ्काको स्वास्थ्य संयन्त्र नै जोखिममा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक सङ्कटसँगै बढ्दो औषधि अभावका कारण श्रीलङ्काका चिकित्सकले अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपील गरेका छन्।

धेरै चिकित्सकले अन्तर्राष्ट्रिय निकाय बिना त्यहाँको स्वास्थ्य संयन्त्र नै ध्वस्त हुने चेतावनी दिएका छन्। ती चिकित्सकले तत्काल नै अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक भएको महसुस गरेका छन्। ‘हरेक दिन समस्या थपिँदो छ। हामी विस्तारै शून्यको अवस्थामा पुग्ने छौ। मलाई थाहा छैन त्यसपछि के हुने छ?’ निराश भएका डा. गुणसेखरमले भने।

धेरै चिकित्सकले अन्तर्राष्ट्रिय निकाय बिना त्यहाँको स्वास्थ्य संयन्त्र नै ध्वस्त हुने चेतावनी दिएका छन्। ती चिकित्सकले तत्काल नै अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक भएको महसुस गरेका हुन् ।

चिकित्सक सङ्घका सचिवसमेत रहेका उनका अनुसार राजधानी कोलम्बोमा रहेका अस्पतालमै सर्जनले सकिएका औषधिको लामो सूची नै तयार गरेका छन्। त्यो सूचीमा अत्यावश्यक औषधि, अनेस्थेस्टीक औषधि, प्रत्याक्रमणका औषधि र सिउने सामग्री समावेस छन्। स्टकमा रहेका यी सबै सामग्री सिद्धिने अवस्थामा छन्।

‘तत्काल सहयोग नभए अस्पतालको संयन्त्र नै ध्वस्त हुने अवस्था छ’, उनले भने, ‘यस्तो दिन नआउला भन्न सकिन्न जुन दिन चिकित्सकले आफू कहाँ आएको बिरामीलाई बचाउन नै सक्दैन।’

श्रीलङ्का इतिहासकै खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ। त्यहाँ ८५ प्रतिशत औषधि विदेशबाट आयात गरिन्छ। अहिले त्यहाँको अवस्था बिग्रिएकाले विदेशी मुद्राको समेत अभाव छ। यसै कारण औषधि आयातमा सङ्कट देखिएको हो। औषधि अभावको विकराल अवस्था ग्रामीण क्षेत्रमा त अझ बढी देख्न सकिन्छ।

श्रीलङ्का इतिहासकै खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ। त्यहाँ ८५ प्रतिशत औषधि विदेशबाट आयात गरिन्छ। अहिले त्यहाँको अवस्था बिग्रिएकाले विदेशी मुद्राको समेत अभाव छ।

श्रीलङ्काको सबैभन्दा ठूलो बाल अस्पताल लेडिज रिजवेका मेडिकल डाइरेक्टर डा. विजेसुर्याले अति आवश्यक औषधिको सूची हातमा बोकेर बसेका छन्। उनीसँग अर्को एउटा सूची पनि छ, त्यो सूची कुन औषधि कति समयका लागि स्टक छ भन्ने हो।

अनेस्थेटीकमा प्रयोग हुने एट्राकुरियाम दुई महिनासम्मलाई पुग्नेछ। पेनकिलर फेन्टानी दुई साताका लागि स्टक छ। तीन भिन्न किसिमका एन्टीबायोटीकको त अहिले नै अभाव देखिएको छ।

डा. विजेसूर्या क्षतिपूर्तिको रूपमा त्यो पाउने प्रयासमा लागेका छन्। उनी सरकारले यसको व्यवस्था गर्ने कुरामा आशावादी छन्। अग्र मोर्चामा रहेर काम गर्ने चिकित्सक आत्तिएका छन्। सरकारले यस बारेमा सञ्चार माध्यमसँग नबोल्ने बताइसकेका छन्।

अनेस्थेटीकमा प्रयोग हुने एट्राकुरियाम दुई महिनासम्मलाई पुग्नेछ। पेनकिलर फेन्टानी दुई साताका लागि स्टक छ। तीन भिन्न किसिमका एन्टीबायोटीकको अहिले नै अभाव देखिएको छ।

युनियन अधिकारी र अस्पतालका अधिकारीले यस अवस्थाका बारे सबैलाई जानकारी दिइरहेका छन्। चिकित्सकले समस्या व्यक्त गरे पनि सरकारले विज्ञप्ति मार्फत् औषधिको अभाव नभइसकेको दाबी गरेको छ। सरकारले यस्तो दाबी गरेको एक दिन पछाडि नै सूचना विभागले यसलाई सच्याउँदै केही औषधिको भने अभाव रहेको जनाएको छ।

मेडिकल युनियन र अस्पतालमा औषधि अभावको सूची साँच्चै लामो छ। त्यहाँका नर्स, मेडिकल अफिसरलगायत धेरैले त काम गर्नै नसक्ने अवस्था भएको जानकारी गराइसकेका छन्। धेरै अस्पतालमा अति आवश्यकबाहेक अन्य काम ठप्प भएका छन्।

पूर्वी प्रान्तको एक क्यान्सर अस्पतालका चिकित्सक त दुई सातापछि धेरै शल्यक्रिया रोकेर अति आवश्यक शल्यक्रिया मात्र गर्नु पर्ने अवस्था आउनसक्ने बताउँछन्। उनको टोली आइभी फ्ल्युड, प्यारा सिटामोल र एन्टी बायोटीक पाउन नै सङ्घर्ष गरिरहेको बताइएको छ। एउटा यस्तो दिन आउनसक्छ कि हामी क्यान्सरका बिरामीलाई समेत उपचार गर्न असमर्थ बनूँ’ उनले भने।

मेडिकल युनियन र अस्पतालमा औषधि अभावको सूची साँच्चै लामो छ। त्यहाँका नर्स, मेडिकल अफिसरलगायत धेरैले त काम गर्नै नसक्ने अवस्था भएको जानकारी गराइसकेका छन्।

ती चिकित्सक गृह युद्धले ग्रसित क्षेत्रका हुन्। गृह युद्ध भएको समयमा पनि उनले धेरै जनाको ज्यान जोगाएका थिए। यो आर्थिक सङ्कटले गृहयुद्धको समयको भन्दा खराब अवस्था ल्याएको उनको अनुभव छ।

उनी भन्छन्, ‘त्यस समयमा पनि सङ्कट थियो। तर, त्यसका बाबजुद कोलम्बोबाट केन्द्रीय सरकारले हामीलाई सहयोग गरेको थियो। हामीलाई अहिले त केन्द्रीय सरकारले पनि सहयोग गर्न सक्दैन। गृह युद्धको भन्दा अहिले खराब अवस्थाको सामना गरी रहेका छौ।’

श्रीलङ्काले निःशुल्क स्वास्थ्यको व्यवस्था पनि गरेको छ। देशका धेरै जना यस्तै सरकारी अस्पतालमा निर्भर छन्। दक्षिणी प्रान्तको एक अस्पतालकी कर्मचारीकै अनुसार केही समय अघिसम्म त्यहाँको अवस्था सहज थियो। अहिले त औषधि उपचार गर्नै नसकिने अवस्था आइसकेको छ। उनी भन्छन्, ‘अहिले जे भइरहेको त्यसको कुनै उपाय नै देखिँदैन हामीले त आफूलाई सहयोग हीन भएको महसुस गरेका छौ।’

अहिले संसारमा छरिएका श्रीलङ्काका चिकित्सकले ह्वाट्सएप समूह तयार पारेका छन्। यसै समूहबाट उनीहरूले सहयोग जुटाउने तयारी गरेका छन्।

श्रीलङ्काको सबै भन्दा ठुलो चिकित्सक सङ्गठन गर्भमेन्ट मेडिकल अफिसर एसोसिएसन (जीएओए)ले कमजोर आर्थिक तथा वित्तीय व्यवस्थापनका कारण यी सबै सङ्कट आएको बताएको छ।

त्यस सङ्गठनले अति आवश्यक स्वास्थ्य सामग्रीको सूची तयार पारेको छ। त्यसमा पनि एन्टीबायोटीक, प्यारा सिटामोल, रक्तचापको औषधी र एन्टी डिप्रेसन औषधी छन्। अहिले संसारमा छरिएका श्रीलङ्काका चिकित्सकले ह्वाट्सएप समूह तयार पारेका छन्। यसै समूहबाट उनीहरूले सहयोग जुटाउने तयारी गरेका छन्।

पेरिनाटल सोसाइटी अफ श्रीलङ्काका प्रमुख डा. सामन कुमाराले भिडियो पोस्ट गर्दै नवजात शिशुका लागि इटी ट्युब माग गरेका थिए। नयाँ बच्चाको श्वास प्रश्वास प्रक्रियाका लागि यो आवश्यक हुन्छ।

‘हामीले साथमा भएको सबै स्टक प्रयोग गरेका छौं। अर्को सातादेखि हामीसँग इटी ट्युब हुनेछैन।’ उनले आफ्ना कर्मचारीलाई आवश्यक परे फेरि प्रयोग गर्नका लागि इटीट्युव सेनीटाइज गर्न र सफा गर्न भनी सकेका छन्।

उनको आह्वानपछि धेरै जना चिकित्सक यस किसिमको सहयोगका लागि तदारुकता देखाउन लागि परेका थिए। यसपछि कामचलाउ मात्रमा इटी ट्युब पनि पाएका थिए। उनले केही इटी ट्युब सङ्ग्रह गर्ने सोचमा रहेको तथा सेभ ए चिल्ड्रेन च्यारिटी कार्यक्रममार्फत यो काम अघि बढाएको बताएका छन्।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले हालसालै डा. अनबर हाम्दानीलाई स्वास्थ्य संयन्त्रलाई जारी राख्नका लागि नियुक्त गरेको छ। उनले आफ्ना सहकर्मी यो अभाव हटाउनका लागि परेको बताएका छन्।

उनले अन्य देशको सरकारबाट सहयोगको अपेक्षा गरेका छन्। साथमा भारतबाट ऋणमै भए पनि भरपर्दो सहयोग भए यो सङ्कट टार्न सकिने आशय व्यक्त गरिरहेका छन्। ‘हामीसँग निश्चित मात्रमा मात्र स्टक छ। यस कारण हाम्रा लागि अहिले सङ्कटको समय हो’, उनले भने।

अस्पतालमा कर्मचारीले बढी समय काम गर्नु परेको छ। तर, उनीहरूको ओभर टाइम बापतको रकममा कटौती भएको छ।

उनी अहिले नै यो समस्या नियन्त्रणमा आउन असम्भव रहेको बताउँछन्। उनी भन्छन्छन्, लामो प्रक्रियापछि यो नियन्त्रणमा आउनसक्छ। भरपर्दो र टिकाउ पूर्ण आर्थिक व्यवस्थापन पछि हामी त्यस अवस्थामा पुग्नसक्छौं।’

श्रीलङ्काको यस सङ्कटमा स्वास्थ्यकर्मीको व्यक्तिगत र पारिवारिक जीवनमा आएको समस्या त छँदैछ। अस्पतालमा कर्मचारीले बढी समय काम गर्नु परेको छ। तर, उनीहरूको ओभर टाइम बापतको रकममा कटौती भएको छ।

चिकित्सक अस्पताल जानका लागि गाडीमा पेट्रोलियम पदार्थको जोहो गर्न नै सङ्घर्ष गरिरहेका छन्। डा कासुन भन्छन्, ‘हाम्रो तलब बढ्ने त कुरै भएन। पाउनु पर्ने सुविधामा पनि कटौती भएको छ। अर्कोतर्फ महँगीले आकाश नै छोइ सकेको छ।’

खाद्य सङ्कट चुलिएपछि सयौँको सङ्ख्यामा सडकमा उत्रिएर प्रदर्शन गरेका छन्। यसरी प्रदर्शन गर्नेको लाममा चिकित्सक, नर्स तथा अन्य मेडिकल स्टाफ पनि समावेश भइसकेका छन्।

गुणसेकरम भने संसारका विभिन्न व्यक्तिबाट श्रीलङ्कालाई सहयोग आवश्यक रहेकोमा जोड दिन्छन् । ‘सरकार, व्यक्ति विशेष र अन्य थुप्रै सङ्गठनको सहयोगको आवश्यकता श्रीलङ्कालाई छ’, उनले भनेका छन्।

उनले भने जस्तै संसारका सबैले श्रीलङ्काको स्वास्थ्य संयन्त्र जोगाउनका लागि हातेमालो गर्नुको विकल्प पनि छैन। एजेन्सीको सहयोगमा


स्वास्थ्य संयन्त्र नै खराब भएपछि विरोध प्रदर्शनमा स्वास्थ्यकर्मी। तस्बिरः डेली सबाह

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ४१ बजे

अमेरिकामा संविधान दिवस मनाइयो

टेक्सस– अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान

सहकारीमा बम्जन परिवारको जालो

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष

फिल्म ‘कल्ली’मा सौगातपछि भित्रिए अर्पण, बुद्धि र कमलमणि

काठमाडौं- तिहारपछि छायांकन हुने फिल्म ‘कल्ली’ अहिले चर्चामा छ ।

‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण

काठमाडौं– काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७