पूर्वी युक्रेनमा रुसी फौजको आक्रमण शुरु « Khabarhub

पूर्वी युक्रेनमा रुसी फौजको आक्रमण शुरु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले पूर्वी युक्रेनमा विशाल स्तरको सैनिक आक्रमण थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पूर्वी युक्रेनमा अपेक्षित ठूलो स्तरको सैनिक आक्रमण थालेको जनाएका हुन् ।

बीबीसीका अनुसार उनले ‘डोनबासका लागि युद्ध’ चलिरहेको बताएका हुन् । नियमित भिडियो सन्देशमा उनले रुसले पूर्वी युक्रेनमा आक्रमणका लागि ठूलो स्तरमा सैनिक तैनाथ गरेको समेत बताए ।

यद्यपि युक्रेनको रक्षाका लागि आफूहरु तयार रहेको उनको भनाइ छ । ‘जतिसुकै रुसी सैनिक तैनाथ भएपनि हामी लड्नेछौँ । हामी हाम्रो रक्षा गर्नेछौँ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यता पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले भने ‘नियमित’ लडाइँका कारण आफ्नो क्षेत्रको अवस्था ‘नर्क’ भएको टिप्पणी गरेका छन् ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैनिक आक्रमण थालेको थियो । यद्यपि तेज युक्रेनी प्रतिरोधका कारण राजधानी कब्जा गर्न नसकेपछि हाल रुसी फौजले आफ्नो ध्यान पूर्वी युक्रेन तर्फ केन्द्रित गरेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र