कृष्ण सागरमा डुब्दै गरेको मोस्कवा युद्धपोतको भिडियो र तस्वीर सार्वजनिक « Khabarhub

कृष्ण सागरमा डुब्दै गरेको मोस्कवा युद्धपोतको भिडियो र तस्वीर सार्वजनिक


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण सागरमा डुब्दै गरेको रुसी युद्धपोत मोस्कवाको तस्वीर र भिडियो सार्वजनिक भएको छ । नेप्चुन क्षेप्यास्त्रले मोस्कवामाथि आक्रमण गरेको भन्दै युक्रेनी पक्षले दाबी गरेको भोलिपल्ट अर्थात् अप्रिल १४ मा उक्त तस्वीर तथा भिडियो खिचिएको हुनसक्ने बीबीसीले जनाएको छ ।

उक्त तस्वीर र भिडियोमा देखिएको युद्धपोतको आकार र बनावट मोस्कवासँग हुबहु मिल्ने बताइएको छ । तस्वीर तथा भिडियोमा मोस्कवा डुब्दै गरेको देखिन्छ । साथै उक्त युद्धपोतबाट धुवाँको मुस्लो पनि उडिरहेको देखिन्छ ।

गत अप्रिल १४ मा युक्रेनले नेप्चुन क्षेप्यास्त्र प्रहार गरी मोस्कवालाई ध्वस्त पारेको दाबी गरेको थियो भने रुसी पक्षले आगो लागेका कारण युद्धपोत क्षतिग्रस्त भएको जनाएको थियो । त्यसको भोलिपल्ट रुसी पक्षले मोस्कवा डुबेको पुष्टि गरेको थियो ।

यद्यपि हालै सार्वजनिक तस्वीर तथा भिडियोले दुबै पक्षको दाबीलाई पुष्टि गर्न नसक्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ३७ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै