पोर्टम्यान बनिन् नयाँ ‘थोर’ « Khabarhub

पोर्टम्यान बनिन् नयाँ ‘थोर’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म ‘थोरः लभ एण्ड थन्डर’ को टिजर सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरु धमाधम रिलिज गर्दैछ ।

सानो पर्दामा मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराइरहेको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गराएको छ ।

नयाँ सिरिज ‘थोरः लभ एण्ड थन्डर’ को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो श्रृंखला हो ।

फिल्मको कथा एभेन्जर्स : एण्ड गेमको कथाबाट सुरु हुन्छ । जहाँ थोर (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् ।

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपरभीन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०१ बजे

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

एजेन्सी– सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर