काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शन पश्चात चर्चामा आएका निर्देशक हुन् विवेक अग्निहोत्री ।
कश्मीरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २ सय ५० करोड भन्दा बढी कमाइ गरिसकेको छ भने यसले छुटै मुद्दा समेत उठान गरेको थियो । यसको विषयले विश्वभर चर्चा पाएको थियो । यिनै निर्देशक विवेकले नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ निर्देशन गर्ने भएका छन् ।
भारतीय मिडियाका अनुसार निर्देशक विवेकले ‘द दिल्ली फाइल्स’ मार्फत सन् १९८६ को शिखविरोधी हिंसा र तमिलनाडुको यथार्थलाई चित्रण गर्नेछन् । ‘दिल्लीले यति धेरै वर्षदेखि भारतलाई कसरी नष्ट गरिरहेको छ भन्ने प्रकाश फिल्मले पार्नेछ,’ निर्देशक अग्निहोत्रीले भारतीय मिडियालाई भनेका छन् ।
सन् १९८४ को समय भारतीय इतिहासमा कालो वर्ष रहेको र उक्त समयमा पञ्जाबमा भारतीय कांग्रेसले आतंकवादलाई मलजल गरेको समेत निर्देशक अग्निहोत्रीको भनाइ छ ।
प्रतिक्रिया