आफ्नो रिहाइको बदलामा मारिउपोलका नागरिकलाई सुरक्षित स्थानमा जान दिन युक्रेनी देशद्रोहीको प्रस्ताव « Khabarhub

आफ्नो रिहाइको बदलामा मारिउपोलका नागरिकलाई सुरक्षित स्थानमा जान दिन युक्रेनी देशद्रोहीको प्रस्ताव


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका रुस समर्थित एकजना राजनीतिक नेताले आफ्नो रिहाइको बदलामा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका छन् ।

युक्रेनी गुप्तचर निकायले जारी गरेको भिडियोमा केही दिनअघि देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका राजनीतिक नेता भिक्टोर मेद्भेदचुकले आफ्नो रिहाइको बदलामा मारिउपोलका बासिन्दालाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

रुस समर्थित विपक्षी पार्टीका पूर्व नेता मेद्भेदचुकले भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम नै किटेर यस्तो प्रस्ताव गरेको अमेरिकाको राजधानी वाशिङ्टन डीसीबाट प्रकाशित हुने वाशिङ्टन एक्जामिनरको अनलाइन संस्करणले जनाएको छ ।

भिडियोमा उनले ‘मानवीय करिडोरबाट सुक्षित निकासको अवसर नपाएका मारिउपोलका रक्षक एवम् त्यहाँका नागरिकको बदलामा आफूलाई रुसको जिम्मा लगाउन’ युक्रेनी पक्षसँग आग्रह गरेका छन् ।

यसअघि देशद्रोहको आरोपमा नजरबन्दमा रहेका मेद्भेदचुक गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फरार भएका थिए । पछि उनलाई पुनः गिरफ्तार गरिएको थियो ।

पुटिनसँग निकट रहेको ठानिने मेद्भेदचुकले रुसी तेलका माध्यमबाट ठूलो परिणाममा पैसा कमाएको बताइन्छ ।

मारिउपोलमा रुसी आक्रमण जारी रहँदा उनको यस्तो प्रस्ताव आएको हो । रुसी आक्रमणका कारण भग्नावशेषमा परिणत भएको मारिउपोल शहरमा रुसी एवम् युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल लडाइ मारिउपोल शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ५९ बजे

पहिलो पटक चल्यो सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ, चितवनविरुद्ध प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

अफगानिस्तानमा मानवीय सहायता प्रवाहको लागि अस्थाई अनुमति दिन पाकिस्तान तयारी

एजेन्सी– पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने

अमेरिकाको नयाँ राडारले भेनेजुएला निगरानी

पोर्ट अफ स्पेन– ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम र चितवनको प्रतिस्पर्धा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल

काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको