अनमोल भन्छन्, ‘साथी जनावर जस्तो हुनुपर्छ’ « Khabarhub

अनमोल भन्छन्, ‘साथी जनावर जस्तो हुनुपर्छ’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लोकप्रिय अभिनेता हुन् अनमोल केसी ।

समीक्षकले उनको अभिनयमा प्रश्न उठाउँदा पनि उनलाई हेर्नेको भिड हलमा कम छैन । उनी अभिनीत पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ पनि रिलिज भइसकेको छ । विदेशी फिल्मसँग कडा प्रतिष्पर्धा गरेको फिल्मले इनिसियल व्यापार सिरिजको लोकप्रियता र अनमोलकै स्टारडमको कारण गर्न सफल भएको हो ।

यतिबेला अनमोल आफ्नो नेक्स्ट प्रोजेक्ट ‘हनी बनी’ को तयारीमा छन् । फिल्मको छायांकन यसै महिनाको अन्तिमबाट हुने भनिएको छ । अनमोल बाहिर घुमघामभन्दा पनि आफ्नो घरमै बस्न रुचाउँछन् ।

यिनै अनमोलले साथी आफ्नो कुकुर कोकोसँग रमाउँछन् । ‘आफ्नो दु:ख पोख्न सकिने नै साथी हुन् । जस्तै मेरो कोको । कोकोले निस्वार्थ प्रेम गर्छ । यसले केही डिमाण्ड पनि गर्दैन’ अनमोलले भने ।

टेलिभिजन शो ‘मेरो एउटा साथी छ’ मा कुराकानी गर्दै अनमोलले साथी भनेको जनावर जस्तै निस्वार्थ हुनुपर्नेमा जोड दिएका हुन् । आफ्नो दैनिकी पूजा पाठबाट सुरुवात गर्ने अनमोल खाली समयमा मन्दिरसमेत पुग्ने गरेका छन् ।

‘म मेरो दैनिकी पूजापाठबाट सुरु गर्छु । फुर्सदको समयमा मन्दिर पुगेर गुरूहरूमार्फत ज्ञानसमेत लिने गरेको छ’ अनमोलले भने । यसो गर्दा नकारात्मक भाव नआउने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०९ बजे

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि