अनमोल भन्छन्, ‘साथी जनावर जस्तो हुनुपर्छ’ « Khabarhub

अनमोल भन्छन्, ‘साथी जनावर जस्तो हुनुपर्छ’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लोकप्रिय अभिनेता हुन् अनमोल केसी ।

समीक्षकले उनको अभिनयमा प्रश्न उठाउँदा पनि उनलाई हेर्नेको भिड हलमा कम छैन । उनी अभिनीत पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ पनि रिलिज भइसकेको छ । विदेशी फिल्मसँग कडा प्रतिष्पर्धा गरेको फिल्मले इनिसियल व्यापार सिरिजको लोकप्रियता र अनमोलकै स्टारडमको कारण गर्न सफल भएको हो ।

यतिबेला अनमोल आफ्नो नेक्स्ट प्रोजेक्ट ‘हनी बनी’ को तयारीमा छन् । फिल्मको छायांकन यसै महिनाको अन्तिमबाट हुने भनिएको छ । अनमोल बाहिर घुमघामभन्दा पनि आफ्नो घरमै बस्न रुचाउँछन् ।

यिनै अनमोलले साथी आफ्नो कुकुर कोकोसँग रमाउँछन् । ‘आफ्नो दु:ख पोख्न सकिने नै साथी हुन् । जस्तै मेरो कोको । कोकोले निस्वार्थ प्रेम गर्छ । यसले केही डिमाण्ड पनि गर्दैन’ अनमोलले भने ।

टेलिभिजन शो ‘मेरो एउटा साथी छ’ मा कुराकानी गर्दै अनमोलले साथी भनेको जनावर जस्तै निस्वार्थ हुनुपर्नेमा जोड दिएका हुन् । आफ्नो दैनिकी पूजा पाठबाट सुरुवात गर्ने अनमोल खाली समयमा मन्दिरसमेत पुग्ने गरेका छन् ।

‘म मेरो दैनिकी पूजापाठबाट सुरु गर्छु । फुर्सदको समयमा मन्दिर पुगेर गुरूहरूमार्फत ज्ञानसमेत लिने गरेको छ’ अनमोलले भने । यसो गर्दा नकारात्मक भाव नआउने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०९ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको