भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह « Khabarhub

भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो,’ उनले भने, ‘मैंले चाहिं कार्यकर्ताको भावना यस्तो छैन । मैंले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैंले सक्दिन, तपाईंले नै मनाउनुस् भनेको छु ।’

देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुर नै सजिलो हुने बताएकाले भरतपुर नै छाड्ने निर्णयमा देउवा पुगेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन् ।

त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर, पाण्डे निर्वाचित हुन सकेनन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : २४ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो