झिनो अंकले बढ्यो नेप्से « Khabarhub

झिनो अंकले बढ्यो नेप्से


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सेयर बजार नेप्से मंगलबार झिनो अंकले बढेको छ । आज बजार १३ दशमलव ३७ अंकले बढेर २३ सय ५७ दशमलव २५ मा आएर बन्द भएको छ। कारोबार रकममा भने सोमबारको तुलनाभन्दा २१ करोड कम भएको छ।

आज २२९ वटा कम्पनीको २७६ हजार आठ सय ४१ सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३२ करोड बराबरको भएको छ। आज दिनभर धेरै अंकको तलमाथि गरे पनि बजार बन्द हुने बेला १३ अंक मात्र बढेको छ।

आज अत्यधिक बढ्नेमध्ये नेश्डो लघुवित्त र ग्रिनभेन्चर १० प्रतिशत बढेको छ । हिमालयन ऊर्जा ३५० मा र नयाँ सारथी लघुवित्त ३ दशमलव ८१ प्रतिशतले बढेर ९५५ मा अन्तिम कारोबार भएको छ।

अत्यधिक घट्नेमध्ये दिव्यश्वरी हाइड्रोपावर ८ दशमलव ८२ प्रतिशतले घट्दा २४८ मा, कालिका लघुवित्त ३ दशमलव ६४ प्रतिशतले घटदा १२७० मा प्रुडेन्सियल इन्स्युरेन्स २ दशमलव ९९ प्रतिशतले घट्दा ५४८ दशमलब १ मा र स्वाबलम्बन लघुवित्त २ दशमलव ३८ प्रतिशतले घट्दा ११५० मा अन्तिम कारोबार भएको छ ।

आज नबिल बैंक ६ करोड ३० लाख बराबर, हिमालयन डिस्टिलरीको चार करोड ३५ लाख बराबर र महालक्ष्मी बिकास बैंकको तीन करोड ८३ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ३५ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार