हिरानीको नयाँ फिल्म ‘दुनकी’ « Khabarhub

हिरानीको नयाँ फिल्म ‘दुनकी’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म ‘दुनकी’ बनाउने घोषणा गरेका छन् ।

अभिनेता शाहरुख खानलाई लिएर उनले ‘दुनकी’ घोषणा गरेका हुन् । पछिल्लो फिल्म ‘सन्जु’ पश्चात हिरानी यो लगायत अन्य केही प्रोजेक्टको तयारीमा थिए । फिल्ममा शाहरुखले पन्जाबीको भूमिका निर्वाह गर्दैछन् ।

स्टारडम भन्दा पनि कन्टेनमा फोकस गर्ने हिरानीले यसपटक पन्जाबको एक अधवैँसे युवकको कथालाई देखाउनेछन् । छायांकन सुर भएसँगै शाहरुखले आफूले निर्देशक हिरानीको काममा पूर्ण रुपमा विश्वास गर्ने गरेको बताएका छन् ।

‘म राजुका लागि दुनकी मात्र होइन, अन्य जे नाममा पनि फिल्म गर्न तयार छु’ शाहरुखले मिडियालाई प्रतिक्रिया दिएका छन् । यस्तै, निर्देशक हिरानीले पनि शाहरुखसँग अन्तत टिमअप भएको बताएका छन् ।’आखिर हामीले एकसाथ फिल्म गर्ने योजनाले मूर्तरुप पाएको छ’ हिरानीले भने ।

पछिल्लो समय पन्जाबीको क्यानाडा मोह र त्यहाँ बसोबास गर्न अपनाउने हत्कण्डालाई फिल्ममा हिरानीले प्रस्तुत गर्नेछन् । पछिल्लो समय करियरमा असफलता भोगिरहेका शाहरुखलाई इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ’पठान’ को छायाङ्कन सकाएका छन् । यसैले गर्दा उनी हिरानीको फिल्म सुरु गरेका हुन् । पन्जाबको सेटअपमा छायाङ्कन हुने फिल्मको लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

४० दिनको पहिलो सेड्युल सकिएपछि निर्देशक हिरानीले ती फुटेज हेरेर सम्पादन गर्नेछन् । त्यो बीचमा शाहरुखले एटलीको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन गर्नेछन् । त्यसपश्चात् हिरानीको दोस्रो सेड्युल र एटलीको पनि अन्तिम सेड्युलको काम सकाउने छन् । पछिल्लो फिल्म ’जिरो’ को असफलता पश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ब्याक टु ब्याक काममा व्यस्त भइरहेका छन् । फिल्ममा शाहरुखसँगै बिक्की कौशल, ताप्सी पन्नुको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०८ बजे

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८