हिरानीको नयाँ फिल्म ‘दुनकी’ « Khabarhub

हिरानीको नयाँ फिल्म ‘दुनकी’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीले नयाँ फिल्म ‘दुनकी’ बनाउने घोषणा गरेका छन् ।

अभिनेता शाहरुख खानलाई लिएर उनले ‘दुनकी’ घोषणा गरेका हुन् । पछिल्लो फिल्म ‘सन्जु’ पश्चात हिरानी यो लगायत अन्य केही प्रोजेक्टको तयारीमा थिए । फिल्ममा शाहरुखले पन्जाबीको भूमिका निर्वाह गर्दैछन् ।

स्टारडम भन्दा पनि कन्टेनमा फोकस गर्ने हिरानीले यसपटक पन्जाबको एक अधवैँसे युवकको कथालाई देखाउनेछन् । छायांकन सुर भएसँगै शाहरुखले आफूले निर्देशक हिरानीको काममा पूर्ण रुपमा विश्वास गर्ने गरेको बताएका छन् ।

‘म राजुका लागि दुनकी मात्र होइन, अन्य जे नाममा पनि फिल्म गर्न तयार छु’ शाहरुखले मिडियालाई प्रतिक्रिया दिएका छन् । यस्तै, निर्देशक हिरानीले पनि शाहरुखसँग अन्तत टिमअप भएको बताएका छन् ।’आखिर हामीले एकसाथ फिल्म गर्ने योजनाले मूर्तरुप पाएको छ’ हिरानीले भने ।

पछिल्लो समय पन्जाबीको क्यानाडा मोह र त्यहाँ बसोबास गर्न अपनाउने हत्कण्डालाई फिल्ममा हिरानीले प्रस्तुत गर्नेछन् । पछिल्लो समय करियरमा असफलता भोगिरहेका शाहरुखलाई इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ’पठान’ को छायाङ्कन सकाएका छन् । यसैले गर्दा उनी हिरानीको फिल्म सुरु गरेका हुन् । पन्जाबको सेटअपमा छायाङ्कन हुने फिल्मको लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

४० दिनको पहिलो सेड्युल सकिएपछि निर्देशक हिरानीले ती फुटेज हेरेर सम्पादन गर्नेछन् । त्यो बीचमा शाहरुखले एटलीको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन गर्नेछन् । त्यसपश्चात् हिरानीको दोस्रो सेड्युल र एटलीको पनि अन्तिम सेड्युलको काम सकाउने छन् । पछिल्लो फिल्म ’जिरो’ को असफलता पश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ब्याक टु ब्याक काममा व्यस्त भइरहेका छन् । फिल्ममा शाहरुखसँगै बिक्की कौशल, ताप्सी पन्नुको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ०८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित