गठबन्धनमा सहमति : तीन महानगर कांग्रेसलाई, माओवादी, समाजवादी र जसपालाई एक–एक « Khabarhub

गठबन्धनमा सहमति : तीन महानगर कांग्रेसलाई, माओवादी, समाजवादी र जसपालाई एक–एक


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् ।

आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।

सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेका छन् ।

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । आजको बैठकमा भने नेताहरू भागबण्डा मिलाउन सफल भएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ५ : २३ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको