अफगानिस्तानको विद्यालयमा विष्फोट हुँदा ६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको विद्यालयमा विष्फोट हुँदा ६ जनाको मृत्यु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयमा भएको विष्फोटनमा ६ जनाको मृत्यु भएको छ । काबुलको दस्तबराची क्षेत्रमा रहेको विद्यालयमा दुई वटा विष्फोट भएको काबुल प्रहरी प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विष्फोटबाट अरु ११ जना घाइते भएको जनाइएको छ । दस्तबरची क्षेत्रमा रहेको अब्दुल रहिम शहीद उच्च विद्यालयमा दुईवटा बम विष्फोट भएको प्रहरी प्रवक्ता खालिद जाद्रानले एएफपीलाई बताएका हुन् ।

‘यो प्रारम्भीक संख्या हो । हामी घटनाबारे थप विवरण संकलन गर्दैछौँ ।’ जाद्रानले भने । विद्यार्थीहरु बिहानको कक्षा सकेर विद्यालयबाहिर निस्कने बेला विष्फोट भएको बताइएको छ । त्यसबेला विद्यालयमा १ हजारभन्दा धेरै विद्यार्थीहरु रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यसबाहेक घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको अर्को अंग्रेजी विद्यालयमा पनि विष्फोट भएको जनाइएको छ । यद्यपि तेश्रो विष्फोटको कारण र यसबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

यसअघि एकै विद्यालयमा तीन विष्फोट भएको समाचार आएको थियो । आक्रमण भएको क्षेत्रमा अफगानिस्तानका अल्पसंख्यक शिया सम्प्रदायका हजारा जातीको बसोबास रहेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

हालसम्म कुनै समूहले पनि आक्रमणको जिम्मा नलिएपनि अफगानिस्तानमा विगतमा आतंककारी संगठन इस्लामिक स्टेटले शियाहरुलाई लक्षित गर्दै आक्रमणहरु गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : १३ बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको