अफगानिस्तानको विद्यालयमा विष्फोट हुँदा ६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको विद्यालयमा विष्फोट हुँदा ६ जनाको मृत्यु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयमा भएको विष्फोटनमा ६ जनाको मृत्यु भएको छ । काबुलको दस्त ए बराची क्षेत्रमा रहेको विद्यालयमा दुई वटा विष्फोट भएको काबुल प्रहरी प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

विष्फोटबाट अरु ११ जना घाइते भएको जनाइएको छ । दस्त ए बरची क्षेत्रमा रहेको अब्दुल रहिम शहीद उच्च विद्यालयमा दुईवटा बम विष्फोट भएको प्रहरी प्रवक्ता खालिद जाद्रानले एएफपीलाई बताएका हुन् ।

‘यो प्रारम्भीक संख्या हो । हामी घटनाबारे थप विवरण संकलन गर्दैछौँ ।’ जाद्रानले भने । विद्यार्थीहरु बिहानको कक्षा सकेर विद्यालयबाहिर निस्कने बेला विष्फोट भएको बताइएको छ । त्यसबेला विद्यालयमा १ हजारभन्दा धेरै विद्यार्थीहरु रहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यसबाहेक घटनास्थलबाट केही किलोमिटरको दूरीमा रहेको अर्को अंग्रेजी विद्यालयमा पनि विष्फोट भएको जनाइएको छ । यद्यपि तेश्रो विष्फोटको कारण र यसबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

यसअघि एकै विद्यालयमा तीन विष्फोट भएको समाचार आएको थियो । आक्रमण भएको क्षेत्रमा अफगानिस्तानका अल्पसंख्यक शिया सम्प्रदायका हजारा जातीको बसोबास रहेको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

हालसम्म कुनै समूहले पनि आक्रमणको जिम्मा नलिएपनि अफगानिस्तानमा विगतमा आतंककारी संगठन इस्लामिक स्टेटले शियाहरुलाई लक्षित गर्दै आक्रमणहरु गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : १३ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा