पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसी फौजद्वारा एक शहर कब्जा « Khabarhub

पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसी फौजद्वारा एक शहर कब्जा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनमा सैनिक आक्रमण थालेका रुसी फौजले लुहान्स्क क्षेत्रको एउटा शहर कब्जा गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले रुसी फौजले लुहान्स्क क्षेत्रको क्रेमिन्ना शहरमा नियन्त्रण जमाएको बताएका हुन् ।

उनका अनुसार युक्रेनी सैनिक पछि हटेपछि उक्त शहर रुसी नियन्त्रणमा गएको हो । सो शहरमा रुसी फौजले चारैतिरबाट आक्रमण गरेको उनको भनाइ छ ।

‘हाम्रा रक्षकहरूले पछि हट्नुपर्यो । अहिले उनीहरु नयाँ स्थानबाट रुसी फौज विरुद्धको लडाइलाई निरन्तरता दिइरहेका छन् ।’ शेरी हाइडाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार शहरमा २ सयजति सर्वसाधारणको मृत्यु भइसकेको छ । यद्यपि उनीहरूको कुन अवधिमा मृत्यु भएको भन्ने बारे उनले नखुलाएको रोयटर्सले जनाएको छ ।

रुसी फौजको नियन्त्रणमा गएसँगै सरकारी अधिकारीहरूले सो क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा रहेको बताइएको छ ।

यस शहर रुसी फौजको नियन्त्रणमा गएको पुष्टि भएमा पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसले कब्जा गरेको यो पहिलो शहर हुनेछ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि सो शहरको जनसंख्या १८ हजार रहेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा