ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने « Khabarhub

ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रम्होस क्षेप्यास्त्र प्रणाली सञ्चालनका लागि भारतले फिलिपिनो सैनिकहरूलाई तालिम दिने भएको छ । ब्रम्होस क्षेप्यास्त्र प्रणालीको सञ्चालन गर्ने तालिम लिनका लागि फिलिपिनो सैनिकहरु जुलाई–अगष्ट महिनादेखि भारत आउने छन् ।

गत जनवरी महिनामा दुई मुलुकबीच ब्रम्होस क्षेप्यास्त्र प्रणालीका लागि ३७ करोड ५० लाख डलर बराबरको सम्झौता भएको थियो ।

हाल ब्रम्होस क्षेप्यास्त्र निर्माता कम्पनी ब्रम्होस एअरस्पेसले फिलिलिन्सको सेनालाई युद्धपोत भेदी क्षेप्यास्त्र प्रणालीको आधार निर्माण गर्न सहयोग गरिरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आगामी १८ महिनाभित्र भारतले ब्रम्होस क्षेप्यास्त्र प्रणालीको पहिलो चरण फिलिपिन्स पुग्ने बताइएको छ । यद्यपि यस प्रणालीको सञ्चालनबारे तालिम लिन फिलिपिन्सका सैनिकहरु यही वर्षको जुलाई देखि अगष्ट महिनामा भारत आउन लागेको एएनआईले जनाएको छ ।

उनीहरुको तालिम राजधानी दिल्ली र हैदरावाद शहरमा हुने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल