मैत्रीपूर्ण फुटबलमा सेनाबाट पत्रकार पराजित « Khabarhub

मैत्रीपूर्ण फुटबलमा सेनाबाट पत्रकार पराजित


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा सेना विजयी भएको छ ।

स्थापना दिवशको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रीपूर्ण फुटबल भएको हो। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले थप ६ गोल गर्‍यो । सेनाका लागि सेनानी विदुरध्वज अधिकारी र सेनानी सौगात सिंह राठौरले समान दुई गोल गरे ।

महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे ।

पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे । जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन् ।

यसैबीच, २१ औँ स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ । जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

स्थापना दिवशमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विभिद प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ट लेखलाई पनि पुरस्कृत गरिएको थियो ।

२०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज