मैत्रीपूर्ण फुटबलमा सेनाबाट पत्रकार पराजित | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबलमा सेनाबाट पत्रकार पराजित


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा सेना विजयी भएको छ ।

स्थापना दिवशको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रीपूर्ण फुटबल भएको हो। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले थप ६ गोल गर्‍यो । सेनाका लागि सेनानी विदुरध्वज अधिकारी र सेनानी सौगात सिंह राठौरले समान दुई गोल गरे ।

महासेनानी सरोजकुमार अधिकारी, सहसेनानी सञ्जय शिलवाल र सिपाही धर्मराज छालाले एक गोल थपे ।

पत्रकारका लागि अभिनव जोशीले ४ गोल र कप्तान उजिर कार्कीले १ गोल गरे । जोशीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे पनि हारबाट जोगाउन सकेनन् ।

यसैबीच, २१ औँ स्थापना दिवशका अवसरमा भएका विभिन्न कार्यक्रमको मंगलबार समापन गरिएको छ । जंगी अड्डास्थित सभामण्डलमा प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

स्थापना दिवशमा नेपाली सेना लघु चलचित्र, फोटो प्रतियोगिता, फोटो तथा विभिद प्रदर्शनी, सिपाही २०७८ र शिवपुरी जर्नल २०२२ का उत्कृष्ट लेखलाई पनि पुरस्कृत गरिएको थियो ।

२०५८ सालमा चैत २० गते जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ४४ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित