मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा « Khabarhub

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् ।

पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो ।

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार, उपविजेताले ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : २० बजे

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन