‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु « Khabarhub

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ ।

सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले गाउँमा फिल्म महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमसँगै राज सागरको टिमले नेपाली फिल्मका गीतमा प्रस्तुति दिएका थिए ।

महोत्सवमा गुरुङ फिल्म ‘फुङ’बाट फिल्मका प्रदर्शनी सुरु गरिएको थियो । त्यस्तै, मंगलबार स्थानीयसँग ग्रामीण फिल्म सम्बन्धि अन्तरक्रियासमेत गरिएको छ । बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका छन् । जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गर्दै महोत्सव सकिनेछ । नेपाल चलचित्र विकास वोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको छ ।

महोत्सवमा काठमाडौँबाट गजित विष्ट, पनाह अधिकारी, छिरिङ भुटीयालगायतका फिल्मकर्मीहरु लाप्राक पुगेका छन् भने स्थानीयहरूको उत्साहजनक उपस्थिति छ । स्थानीयहरूले गाउँमा यसप्रकारको कार्यक्रम हुँदा खुशी लागेको बताएका छन् ।

नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नेलगायतका उद्धेश्यले महोत्सव गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ०५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील