५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ? « Khabarhub

५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५२९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २३६ पालिकामा विजयी भएको छ। परिणाम घोषणा भएकामध्ये कांग्रेसले ४४ प्रतिशत स्थानीय तहमो जित दर्ता गरेको हो।

कांग्रेसले अहिलेसम्म २३९ प्रमुख पदमा विजयी हुँदा २२० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ८० स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ७५ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५० पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६१ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४२ र उपप्रमुख पदमा ७१ स्थानीय तहमा अगाडि छ।

नेपाली कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने १०६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १८ प्रमुख र २१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

अन्य दलमध्ये नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जितेको छ भने ६ वटामा स्वतन्त्रले जितेका छन्।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ४५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा