कोलकातालाई हराउँदै लखनउ प्लेअफ पुग्ने दोस्रो टिम « Khabarhub

कोलकातालाई हराउँदै लखनउ प्लेअफ पुग्ने दोस्रो टिम


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्सले प्लेअफमा स्थान बनाएको छ ।

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३-३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो ।

लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए ।

जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ३९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले