तीन वायुको प्रभावले देशभर हावाहुरीसहित वर्षाको सम्भावना  « Khabarhub

तीन वायुको प्रभावले देशभर हावाहुरीसहित वर्षाको सम्भावना 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।

राति प्रदेश १ र मधेस प्रदेशका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भने अन्य प्रदेशका पहाडी भूभागका पनि वर्षा हुने ठानिएको छ ।

शुक्रबार प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : २२ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान