खोटाङका १० मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी « Khabarhub

खोटाङका १० मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – स्थानीय तहको निर्वाचनमा खोटाङमा सबैभन्दा बढी पालिकामा कांग्रेस विजयी भएको छ । १० स्थानीय तहमध्ये कांग्रेसले ६ पालिकामा जित हासिल गरेको छ ।

कांग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, साकेला, बराहपोखरी र रावाबेँसी गाउँपालिकाको नेतृत्व हात पारेको हो । हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अन्य स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।

एमालेले ऐसेलुखर्क र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मात्र जित हासिल गरेको छ । माओवादी केन्द्रले खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा नतिजा आफ्नो पक्षमा पारेको छ । यसपल्टको निर्वाचनमा सबैभन्दा बढी क्षति एमालेलाई भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहको नेतृत्व पाएको एमाले यसपल्ट गठबन्धनका कारण दुई स्थानीय तहमा खुम्चिन पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसका तिर्थराज भट्टराई प्रमुख र माओवादी केन्द्रका बिसन राई उपप्रमुख विजयी भएका छन्। हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसका बिमला राई प्रमुख र रमेश राउत उपप्रमुखमा विजयी भएका छन् ।

केपिलासगढी गाउँपालिकामा कांग्रेसका समिर राई अध्यक्ष र जसपाका गुरुराज राई उपाध्यक्ष निर्वाचित भएका छन् । बराहपोखरी गाउँपालिकामा कांग्रेसका शालिकराम बञ्जरा अध्यक्ष र नेकपा एकीकृत समाजवादीका भुबलराज राई उपाध्यक्ष, साकेला गाउँपालिका कांग्रेसका रबिप्रकाश राई अध्यक्ष र माओवादी केन्द्रकी बिर्सिका राई उपाध्यक्ष, रावाबेँसी गाउँपालिकामा कांग्रेसका फटिककुमार श्रेष्ठ अध्यक्ष र एमालेकी कौशिलाकुमारी गुरुङ उपाध्यक्ष चुनिएका छन् ।

ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका छन् । खोटेहाङ गाउँपालिकामा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्ष तथा जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ३७ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा