सूर्यविनायकको मेयरमा एमालेका थापा विजयी « Khabarhub

सूर्यविनायकको मेयरमा एमालेका थापा विजयी


५ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् ।

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिए । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गरे ।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : ५१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४