रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय « Khabarhub

रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी पुन निर्वाचित भएका छन् ।

चौधरी ५ हजार ३ सय ८६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । चौधरी यसअघि २०७४ मा पनि कांग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् । मायादेवी १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् ।

२ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन् । ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए । ४ मा एमालेका अरुणकुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने ५ मा कांग्रेसका तेजनारायण पाल ७ सय २ मत प्राप्त गरी विजयी हुन सफल भए ।

६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए ।  ७ मा लोसपाका शैलेन्द्रकुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरी निर्वाचित भए ।  ८ मा एमालेका चोकबहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ५९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी