रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय « Khabarhub

रुपन्देहीको मायादेवीमा चौधरी पुनः निर्वाचित, उपाध्यक्षमा लोसपाकी उपाध्याय


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका ध्रुवनारायण चौधरी पुन निर्वाचित भएका छन् ।

चौधरी ५ हजार ३ सय ८६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४ हजार ९ सय ८८ मत प्राप्त गरे । चौधरी यसअघि २०७४ मा पनि कांग्रेसबाटै अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय ४ हजार ९ सय ४२ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले ४ हजार ८ सय ८९ मत प्राप्त गरिन् । मायादेवी १ मा एमालेका पलटु लोध ७ सय २२ मत ल्याएर विजयी भएका छन् ।

२ मा कांग्रेसका अगनु यादव ८ सय १७ मत ल्याइ विजयी भएका छन् । ३ मा कांग्रेसकै मुहम्मद रफिक खान ९ सय ७७ मत ल्याइ विजयी भए । ४ मा एमालेका अरुणकुमार तिवारी ५ सय ५१ मत ल्याइ विजयी भए भने ५ मा कांग्रेसका तेजनारायण पाल ७ सय २ मत प्राप्त गरी विजयी हुन सफल भए ।

६ मा लोसपाका अवधराज यादव ८ सय ९५ मत ल्याइ विजयी भए ।  ७ मा लोसपाका शैलेन्द्रकुमार पाण्डेले १ हजार ३ सय ४९ मत प्राप्त गरी निर्वाचित भए ।  ८ मा एमालेका चोकबहादुर मगर ७ सय ४२ मत ल्याएर विजयी भए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ५९ बजे

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण