लालबन्दीमा मेयर र उपमेयरमा कांग्रेस विजयी  « Khabarhub

लालबन्दीमा मेयर र उपमेयरमा कांग्रेस विजयी 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको लालबन्दीमा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काङ्ग्रेसकी कल्पनामाया पाख्रिन निर्वाचित भएकी छन् । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत मात्र प्राप्त गरिन् ।

नगरपालिकामा गठबन्धन नै नभए पनि पार्टी सभापति शेरबहादुर देउवाले सघाउनु भनेपछि आक्रोशित स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएका थिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लामबन्दीस्थित निर्वाचन कार्यालयले कांग्रेसका तर्फबाट वासुदेव अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।

फेरि सभापति देउवाको हस्ताक्षर रहेको पत्र गठबन्धनलाई सघाउनू भन्ने आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने बताएका थिए ।

कुन वडामा कसले जित्यो ?  

वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार हरीबहादुर भट्टराई – ५ सय ५७ मत
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका किरणकुमार पासवान –  १ हजार २९ मत
वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्धदेव चौधरी – ४ सय ९७ मत
वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी – ७ सय ८३ मत
वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिनप्रसाद ढुंगेल – ९ सय ४० मत
वडा नम्बर ६ मा नेकपा एमालेका लालबहादुर योन्जन – ५ सय ३७ मत
वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की – १ हजार ४९ मत
वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन – ४ सय ६० मत
वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी – ७ सय ७६ मत
वडा नम्बर १० मा नेपाली कांग्रेसका तोबहादुर श्रेष्ठ – ४ सय ८० मत
वडा नम्बर ११ मा नेकपा एमालेका दिपककुमार लामा – ७ सय १५ मत
वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर आले – ३ सय ९८ मत
वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिवकुमार बैद्य – ५ सय १६ मत
वडा नम्बर १४ मा नकपा एमालेका छेनामसिंह घिसिङ – ८ सय ३१ मत
वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रका गोरखबहादुर बल – ६ सय २१ मत
वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा – ८ सय १८ मत
वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रका विष्णुहरी अधिकारी – ९ सय ७९ मत

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ३० बजे

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण