धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा निर्वाचित « Khabarhub

धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएका छन् । विशेश्वरले तीन हजार ८८७ तथा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा तीन हजार ८८७ मतसहित कांग्रेसका शिलादेवी मण्डल विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरे ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा सैदा खातुन निर्वाचित भएको निर्वाचन अधिकृत निरज पोखरेलले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ४१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबाबु यादवले दुई हजार ४५५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा खातुनले चार हजार ४१४ मत ल्याएर निर्वाचित हुदाँ कांग्रेसकी अनिता कुमारीले तीन हजार १५२ मतमा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ३० बजे

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय

सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छ : मन्त्री घिसिङ

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ