म्याग्दीको अन्नपूर्णमा एमाले विजयी « Khabarhub

म्याग्दीको अन्नपूर्णमा एमाले विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनः निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाए। कांग्रेसका बलबहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाए ।

बाह्र हजार २६ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ उम्मेदवार चुनावी मैदानमा थिए । आठ वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वडा अध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : १३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा