६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गरिने « Khabarhub

६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गरिने


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भाषा परिषद्ले कवि केशरी चित्तधर ह्रदयको ११६औँ जन्म जयन्तीको अवसरमा विविध विधाका ६ जना स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।

परिषदको कार्यसमितिको बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई, चित्तधर सिरपा कवि डा.आनन्द जोशीलाई, मोतिलक्ष्मी सिरपा कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपा कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपा नियात्राकार विमलप्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपा समालोचक कुन्दनप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरु नेपालभाषा साहित्यमा विगत चार साढे चार दशकदेखि विविध विधामा क्रियाशील रहेर योगदान गरिरहेकाले उक्त सम्मान तथा पुरस्कार दिने निर्णय गरिएको परिषदले जनाएको छ । परिषद्ले सो पुरस्कार यही जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : १२ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी