साउथ फिल्मका सुन्दरीहरू  | Khabarhub Khabarhub

साउथ फिल्मका सुन्दरीहरू 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । 

बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भएका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पा । गत डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले । साउथमा प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो समय लगभग कम भएको छ । अब फिल्महरू एकै डेटमा हिन्दीमा समेत प्रदर्शन हुन् थालेका छन् ।यसैले पछिल्लो समय साउथ इन्डियन फिल्मका हिरोहरुसँगै हिरोइनको पनि चर्चा बढ्दो छ । साउथ सुन्दरीहरु बलिउडमा पनि डेब्यु गर्दैछन् । 

केही समय अगाडिसम्म अभिनेता बाहेक धेरै दर्शकको नजरमा बस्न नसक्ने साउथ इन्डियन फिल्मका अभिनेत्रीहरुको सुन्दरताको चर्चा पछिल्लो समय हुने गरेको छ । ब्युटिफुल र बोल्ड केही अभिनेत्री छन् जसलाई दर्शकले पछ्याउने गर्छन् । 

रश्मिका मन्दाना 

अभिनेत्री रश्मिका मन्दनाको सुन्दरताको चर्चा हुने गरेको छ । गुगलबाट ‘नेसनल क्रस’ को उपाधि पाएकी रश्मिकालाइ ‘गीता गोविन्दम’ फिल्मले अगाडि ल्यायो । फिल्मको गीत हिट हुँदा उनको सुन्दरताको पनि उत्तिकै चर्चा भयो । त्यसपछि आएको फिल्म ‘डियर कमरेड’ उनलाई अझै अगाडि बढायो । यी फिल्महरूले उनको क्रेजलाई साउथ इन्डियाबाट बलिउड हुँदै विश्वभर रहेका भारतीय फिल्म प्रेमी माझ पुर्‍यायो ।

सन् २०२० कि ‘मोस्ट डिजाइरेबल महिला’ घोषित समेत भएकी रश्मिका साउथ फिल्मकी सुन्दरीमा पर्छिन् । उनको ‘स्माइल’ भिडियो सामाजिक सञ्जालमा पर्याप्त छन् । कन्नडा फिल्म ‘किरिक पार्टी’ बाट २०१६ मा डेब्यु गरेकी रश्मिकाले छोटो समयमै तमिल फिल्ममा तहल्का मच्चाएकी थिइन् । सिद्धार्थ मल्होत्रासगको ‘मिसन मज्न’ उनको बलिउड डेब्यु फिल्म रहनेछ भने उनले यही साल मात्र अमिताभ बच्चनसँग ‘गुडबाई’ मा पनि काम गर्नेछिन् । 

तमन्ना भाटिया

बाहुबली सिरिज मार्फत आफ्नो लोकप्रियतालाई झनै बढाउने अभिनेत्रीमा पर्छिन् तमन्ना भाटिया । बाहुबलीमा अभिनय गरेपछि उनको सुन्दरता र अभिनयको प्रशंसा भयो । त्यसपछि उनले लगातार विभिन्न जनराका फिल्महरू गरिरहेकी छिन् । 

काजल अग्रवाल

मगधिराबाट चर्चा कमाएकी साउथ इन्डियन अभिनेत्री हुन्– काजल अग्रवाल । साउथको फिल्ममा प्राय देखा पर्ने काजलले बलिउडमा पनि सिंघम , स्पेसल २६ र दो लाफ्जोकि कहानी लगायतका फिल्ममा काम गरिसकेकी छिन । उनलाई सुहाउँदो भूमिका अनुसार बलिउडमा राम्रो अफर हुने गर्छ भने साउथ फिल्ममा प्रायमा काजल हुन्छिन् । उनले बलिउड फिल्ममा काम गर्ने अवसर साउथ फिल्मकै कारण पाएकी हुन् । किनकी उनी बलिउड अगाडि साउथ इन्डियन फिल्म मार्फत नै पहिचान बनाउन सफल भएकी हुन् ।

साउथ फिल्मको बढ्दो लोकप्रियतासँगै उनको चर्चा पनि बलिउडसम्म आइपुग्यो । तर , काजोलको डेब्यु भने बलिउड फिल्म ‘क्यु हो गया ना’ मार्फत भएको थियो । उनी यस फिल्ममा ऐश्वर्या रायको साथीको रुपमा देखिएकी थिइन् । सानो भूमिकामा देखिएको कारण यिनी नोटिस भइनन् । त्यसैले गर्दा उनले आफ्नो अभिनय यात्रालाई साउथ तर्फ मोडिन । फलतः सफलता मिल्यो । साउथमा हिट भएपछि उनलाई बलिउडमा काम गर्ने अफर दिए रोहित शेट्टीले । त्यस यता उनी दुवैतिर उतिकै व्यस्त छिन । 

सामन्था रुथ प्रभु

साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी अर्की चर्चित अभिनेत्री हुन्– सामन्था । उनको अभिनय रहेका धेरै फिल्म हिट भएका छन् । उनी पनि निकै बोल्ड रुपमा प्रस्तुत हुन्छिन् । पछिल्लो समय उनले ‘द फ्यामिली मेन’ सिरिजमा काम गर्दै बलिउडमा आउन सक्ने संकेत समेत गरेकी छिन् । प्रेम जीवनलाई विवाहमा परिणत गरेकी सामन्थाको नागा चैतन्यसँग डिभोर्स भइसकेको छ । पछिल्लो समय सामन्था ‘पुष्पा’ को एक आइटम गीतमा देखिएकी थिइन् । त्यसयता उनको बोल्डनेस र सुन्दरताको चर्चा सर्वत्र हुने गरेको छ । 

नयनतारा 

नयनतारालाई ‘लेडी सुपरस्टार’ पनि भन्ने गरिन्छ । उनलाई यो ट्याग प्रभुदेवाले दिएका थिए । उनले मलयालम फिल्म ‘मानसिंकरे’ बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यस फिल्ममा नयनतारासँग जयराम देखिएका थिए । यसपछि उनले सन् २००५ मा फिल्म ‘अय्या’ मार्फत तमिल फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् र त्यसपछि नयनताराले फिल्म ‘लक्ष्मी’ मार्फत तेलुगु इन्डस्ट्रीमा प्रवेश गरिन् । अभिनेत्रीको सबैभन्दा सफल फिल्म ‘चन्द्रमुखी’ थियो । यस फिल्ममा नयनतारासँगै रजनीकान्त देखिएका थिए ।

कीर्ति सुरेश 

सन् २००० बाट अभिनय यात्राको सुरुवात गरेकी कीर्तिले नेशनल आवाद समेत जिती सकेकी छिन् । शालीन र भद्र युवती देखाउनु पर्दा उनलाई रोल अफर हुने गरेको छ । पछिल्लो समय उनी महेश बाबुसँग ‘सरकार वारी पाटा’ मा देखिएकी थिइन् । उनको अभिनयसँगै सुन्दरताको पनि उत्तिकै चर्चा हुने गरेको छ । मलयालम फिल्म मार्फत अभिनय थालेकी कीर्ति पछिल्लो समयकी तेलुगु फिल्मकी व्यस्त अभिनेत्री हुन् । 

श्रेया सरन

साउथ इन्डियन फिल्मकी अर्की बोल्ड अभिनेत्री हुन्– श्रेया सरन । उनी साउथ इन्डियन फिल्मसँगै हिन्दी, मलयालम, कन्नड, तामिल, तेलगू फिल्ममा समेत अभिनय गरिसकेकी छिन् ।

हंसिका मोटवानी

यी अभिनेत्री पनि निकै बोल्ड छिन् । चाइल्ड आर्टिस्टबाटै फिल्म करियर शुरु गरेकी हंसिका साउथ इन्डियन फिल्मकी हिट अभिनेत्री हुन् । उनले शाकालाका बूम बूम टेलिसिरियलबाट अभिनय यात्रा थालेकी थिइन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : ४६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका