भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले « Khabarhub

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

भारत भ्रमणको दोस्रो दिन: कूटनीतिक र आर्थिक साझेदारीमा उच्चस्तरीय छलफल हुँदै


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक संवादमा सहभागिता जनाउँदै छन्। बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

नेपाल-भारत आर्थिक सहकार्य र द्विपक्षीय हितका विषयमा केन्द्रित भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। इन्डिया इन्टरनेसनल सेन्टरमा हुने उक्त कार्यक्रममा उनले दुई देशको कूटनीतिक तथा आर्थिक सम्बन्धबारे विचार राख्नेछन्।

भ्रमण तालिकाअनुसार अर्थमन्त्री वाग्लेले शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नेछन्। उक्त भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, उनी भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जाभेद अशरफद्वारा भारत मण्डपममा आयोजित बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विविध आयामबारे उद्योगी-व्यवसायी र उच्चपदस्थ अधिकारीहरूसँग छलफल हुनेछ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।

भ्रमणको तेस्रो दिन शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय टोलीसँग भेटघाट गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ८ : ३८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या