सिरहाको दुई नगरमा एमाले विजयी « Khabarhub

सिरहाको दुई नगरमा एमाले विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । 

सिरहाको नगरप्रमुखमा डा. नवन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भए । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याए । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित भए भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजार ८३९ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजार २२३ र नेकपा (माओवादी) का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले एक/एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।  

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : १७ बजे

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन