५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? « Khabarhub

५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका ७५३ पालिका मध्ये ५७० वटामा मतगणना सकिएको छ । 

मतगणना सकिएका पालिका मध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ । 

निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएका ५७० पालिका मध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४.३८ प्रतिशत पालिकामा जित निकालेको छ । 

एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो भनेको मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो । 

माओवादीले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् । जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका पालिका मध्ये २.६३ प्रतिशत हो ।

नेकपा (एकीकृत समाजवादी) ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएका मध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ । 

हालसम्म मतगणना सम्पन्न भएका पालिका मध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो । न्युज कारखाना

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  २ : २२ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित