कर्णालीका मेयर विष्णु भाम भन्छन्- 'छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु'  | Khabarhub Khabarhub

कर्णालीका मेयर विष्णु भाम भन्छन्- ‘छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु’ 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– छायाँनाथ रारा नगरपालिकाको मेयरमा निर्वाचित ३२ वर्षीय  विष्णु कुमार भाम कर्णालीकै कान्छा मेयर पनि हुन् । 

उनी यसअघि नेपाली कांग्रेस मुगुका पूर्व नगर सभापति हुँदै वडा अध्यक्ष भइसकेका छन् । यसपटक उनी कर्णालीकै सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा छायाँनाथ रारा नगरपालिका-४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले ०६८ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । वडा अध्यक्षमा निर्वाचित भएपछि उनले राज्यबाट प्रदान हुने तलबभत्ता र विभिन्न संघ संस्था बाट प्राप्त हुने भत्ता सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेका थिए । उनले कल्से कोषको स्थापना पनि गरेका थिए । 

मेयर भामले नगरपालिकाका गरिब, दलित, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीसहित आवश्यकताअनुसार सहयोग गर्दै आएका छन् । 

यस्ता छन् मेयर भामका ऐजेण्डा
१- भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न
२- ग्रामीण बस्तीहरूको उचित व्यवस्थापन तथा नमुना बस्ती विकास
३- सुधारिएको खानेपानी सरसफाइ, खानेपानी तथा सिँचाइ
४- सडक तथा यातायात सुविधा
५- गुणस्तरीय शिक्षा तथा नमुना विद्यालय विकास
६- गुणस्तरीय स्वास्थ्य सेवा
७- कृषि पशुपालन तथा लघु उद्यम
८- युवा तथा खेलकुद
९- लक्षित वर्षको उत्थान तथा सशक्तीकरण 

कान्छा मेयर भामले आफू बिनायोजना र भिजन मेयरमा नआएको बताएका छन् । उनी भन्छन्, ‘मेरो कार्यकालमा यो गाउँपालिकालाई देशकै नमुना पालिका बनाउँछु । विदेशिएका युवालाई फिर्ता बोलाएर स्वरोजगार कार्यक्रम चलाउँछु ।’  

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : २३ बजे

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको