गोदावरीको मेयर र उपमेयरमा कांग्रेस विजयी « Khabarhub

गोदावरीको मेयर र उपमेयरमा कांग्रेस विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र  कांग्रेसबाटै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी भएकी छन् ।

नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार कांग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार एक सय ७० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर महर्जनले १५ हजार दुई सय ३२ मत पाएका थिए । 

कांग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार पाँच सय ३६ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी रमी प्रधानांगले १४ हजार तीन सय पाँच मत पाएकी छिन् ।

गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयर पदसँगै १४ वडामध्ये ११ वडामा विजय हासिल गरेको छ । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : ३० बजे

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले