ओटीटी विकेन्ड : आरआरआर र जर्सी रिलिज हुँदै  « Khabarhub

ओटीटी विकेन्ड : आरआरआर र जर्सी रिलिज हुँदै 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय हलमा आएको कन्टेन ओटीटीमा सजिलै आउने गरेका छन् । 

हलमा रिलिज भएको केही  समय पश्चात नै वा सिधै ओटीटीको माध्यममा फिल्म आउने क्रम बढ्दो छ । यसैले गर्दा पनि ठिकै फिल्मले हलमा खासै दर्शक पाउने गरेका छैनन् । फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो नपाउँदा दर्शकहरू ओटीटीकै प्रतीक्षामा रहने गरेका छन् । उनीहरूले आफ्नो समय र पैसा खर्च गर्न निकै सोच्ने गरेका छन् ।

साथै, हलमा राम्रो प्रतिक्रिया पाएको फिल्मले ओटीटीमा पनि राम्रो दर्शक पाउने गरेको छ । यो विकेन्डमा ओटीटी प्रदायक नेटफ्लिक्समा प्रतीक्षित फिल्म ‘आरआरआर’ र हलमा फ्लप भएको फिल्म ‘जर्सी’ आउँदैछ । यी फिल्म धेरै दर्शकको ‘वाच लिस्ट’ मा छ । 

आरआरआर 

यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ । निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत  ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् ।

यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । फिल्म आरआरआर चर्चाकै बीच ओटीटी जयन्ट नेटफ्लिक्समा आउने भएको छ । फिल्मलाई जुन २ मा ल्याउने तयारी गरिएता पनि अन्तत दर्शकको अनुरोधमा मे २० मै ल्याउन लागिएको नेटफ्लिक्स इन्डियाले जनाएको छ । केही दिन अगाडि मात्र जुन २ मा ल्याउने भनिएको फिल्म अन्ततः मे २० मै आउने भएको हो । 

स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । 

जर्सी 

फिल्म ‘कबीर सिंह’ पश्चात शाहिद कपूरले आफ्नो स्टारडम फर्काउन सफल भए । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाए । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण पनि शाहिदको चर्चा बढ्यो । कबीर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । कुनै समयमा कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबीर सिंह पाए । त्यसपछि रिलिज भएको उनको फिल्म हो ‘जर्सी’। यो फिल्म तेलुगु फिल्म जर्सी’ कै रिमेक हो । 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन तलवार (शाहिद कपुर) नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । कथा यही हो । यसैलाई पटकथा दिएर तयार गरिएको छ जर्सी । फिल्ममा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरको पनि अभिनय रहेको छ ।

फिल्मलाई तेलुगु फिल्मकै निर्देशक गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । तेलुगु फिल्मलाई बलिउड शैलीमा स्क्रिनप्ले तयार गरेकोले पनि यो फिल्मले दर्शकको माया पाउन सकेन । अन्ततः फिल्म ओटीटी प्लेटफर्ममा उपलब्ध हुने भएको छ । 

फिल्मलाई आउँदो २० मे बाट नेटफ्लिक्समा हेर्न सकिनेछ । नेटफ्लिक्सले फिल्म उपलब्ध हुने जानकारी सोसल मिडिया मार्फत दिइरहेको छ । हलमा फ्लप भएको फिल्मले ओटीटीमा कस्तो रेस्पोन्स पाउने हो रु यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ५२ बजे

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा