सेयर बजार नेप्सेमा २३ अंकको गिरावट  | Khabarhub Khabarhub

सेयर बजार नेप्सेमा २३ अंकको गिरावट 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालो लागेको हो ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर  ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।  

बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकलेनन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालो आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र