सेयर बजार नेप्सेमा २३ अंकको गिरावट  « Khabarhub

सेयर बजार नेप्सेमा २३ अंकको गिरावट 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालो लागेको हो ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर  ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।  

बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालो आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ४ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका