‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड  « Khabarhub

‘पुष्पा २’ लाई छुट्याइएको ४ सय करोड 


५ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पाको सफलताले अल्लु अर्जुन र उनको टिम निकै उत्साहित छ । फिल्मले गरेको व्यापारले गर्दा नै पछिल्लो समय साउथ इन्डियामा बन्ने प्राय फिल्महरू हिन्दी भाषामा पनि एकसाथ रिलिज हुने गरेको छ ।

साउथ इन्डियामा रिलिज भएको फिल्महरू केही समयपछि हिन्दीमा डबिङ गरेर युट्युबमा आउने शैलीलाई ‘पुष्पा’ ले ब्रेक गर्‍यो। यो फिल्मले गरेको विजनेसले साउथ इन्डियन फिल्मलाई नर्थमा रहेको मार्केटको राम्रो सम्भावना देखायो । फलतः साउथका फिल्महरू हिन्दीमा हलमा एकसाथ मात्र प्रदर्शनमा आएनन्, त्यसपछि ओटीटीमा आउन थाले । त्यसैले गर्दा पनि यसको सिक्वेल के कस्तो बन्छ ? र कस्तो व्यापार गर्ला ? भन्ने कौतुहलता आम दर्शकसँगै फिल्मकर्मीलाई पनि छ । 

यसैले गर्दा अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्मको सिक्वेल ‘पुष्पा’ : द रुल’ लाई लिएर निर्देशक सुकुमार निकै चनाखो छन् । उनी पहिलो भागले बनाएको मार्केट बढोस् भन्ने चाहन्छन् । यसैले गर्दा उनले फिल्मको मेकिङ पनि बढाउन लागेका छन् । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ । सिक्वेलको बजेट ४ सय करोडसम्म पुग्ने भारतीय माध्यमले उल्लेख गरेका छन् । ‘पुष्पा : द राइज’ १ सय ९५ करोडमा निर्माण भएकोको कारण पनि सिक्वेल झनै सशक्त बनाउने दायित्व निर्देशक सुकुमारलाई छ ।

२०२३ को जनवरीबाट छायांकन सुरु गरिने भनिएको फिल्मको प्रि-प्रोडक्सन अन्तर्गत स्क्रिप्ट र सेटको काम भइरहेको छ । ईस्ट गोदावरीको मारेदुमिली जंगलमै छायाकारको तयारी भइरहेको फिल्म सन् २०२४ मा रिलिज हुन् सक्नेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ४९ बजे

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको