चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण « Khabarhub

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो  ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित मेयर राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए । 

त्यस्तै उपमेयर रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने  प्रतिबद्धता गरिन् । समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएकी थिइन् । उनले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् । 

चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ५३ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका