चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण | Khabarhub Khabarhub

चन्दननाथका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका चन्दननाथ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यलाई प्रमाणपत्र वितरण गरेका हो  ।  

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्कासहित ५२ जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन । प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित मेयर राजुसिंह कठायतले आफूले भाषणभन्दा भन्दा पनि काममा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सिंगो नगरवासीको भावनालाई बुझेर काम गर्ने बताए । 

त्यस्तै उपमेयर रामदेवी खड्काले सबै मिलेर हेर्न मिल्ने सुन्दर सहर विकासको आधार तयार गर्ने  प्रतिबद्धता गरिन् । समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बधाई दिँदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिएकी थिइन् । उनले भौतिक विकाससँगै सामाजिक विकासलगायत नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जोड दिइन् । 

चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् । जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ५३ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका