रूपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित « Khabarhub

रूपन्देहीको सियारीमा अध्यक्ष र उपाध्यक्षसहित चार वडामा कांग्रेस निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिकामा नेपाली कांग्रेसका थानेश्वर घिमिरे निर्वाचित भएका छन् ।

 स्थानीय तह निर्वाचन २०७९ मा  उम्मेदवार बनेका घिमिरे १० हजार ४५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अयोध्या थारू ७ हजार २ सय ६८ मत प्राप्त गरे । घिमिरेले निवर्तमान अध्यक्षलाई २ हजार ७ सय ७७ मतले पछि पार्दै विजय निकालेका हुन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार तारा थारू निर्वाचित भएकी छन्।थारूले  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अमृता गुरुङलाई तारादेवी यादवले १ हजार ७ सय २१ मतले पछि पार्दै विजय निकालेकी हुन । निवर्तमान उपाध्यक्ष गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् भने निर्वाचित थारूले ८ हजार ९ सय ९० मत पाइन । यस्तै पालिका अध्यक्ष उपाध्यक्ष सहित वडामा पनि कांग्रेसले जित निकालेको छ । ७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही १ हजार ७९ मत ल्याएर विजयी भएका छन् ।

वडा नम्बर २ मा नेकपा एमालेका जनार्दन यादव १ हजार ३ सय ८ मत ल्याइ विजयी भएका छन्  भने ३ मा कांग्रेसका राम चन्द कुर्मी ८ सय ३२ मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव अहिर ८ सय ४३ मत ल्याइ विजयी भए भने ५ मा पनि कांग्रेसका धनपति खरेल ९ सय ७३ मत प्राप्त गरी विजयी हुन सफल भए ।

यस्तै वडा नम्बर ६ मा नेकपा एमालेका शेर बहादुर गुरुङले १ हजार ४ सय ६ मत ल्याइ विजयी भए  ।  भने ७ मा कांग्रेसकै दीपक बहादुर शाहीले २ हजार १ सय १२ मत प्राप्त गरी निर्वाचित भए ।  ७ वडा रहेको सियारीमा २७ हजार ७ सय ५३ मतदाता रहेकोमा २२ हजार ३८ जनाले मताधिकार प्रयोग गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : २१ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।