अर्घाखाँचीमा एमालेका उम्मेद्वार विजयी हुँदा नेता रायमाझीको चर्चा | Khabarhub Khabarhub

अर्घाखाँचीमा एमालेका उम्मेद्वार विजयी हुँदा नेता रायमाझीको चर्चा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँची सहित देशैभर वैशाख ३० गते स्थानीय तहको तहको निर्वाचन सम्पन्न भयो । देशका कतिपय स्थानहरुमा अझैपनि मतगणना जारी छ, अर्घाखाँची जिल्लामा भने मतगणना सकिएको छ । जारी मतगणनामा देशभर एमाले कमजोर देखियो । तर अर्घाखाँचीमा भने एमालेले शानदार नतिजा हात पारेको छ । ६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एमाले एक्लैले दुई गाउँपालिका सहित एक नगरपालिका जितेको छ भने एक नगरपालिकामा उपप्रमुख र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेल विरुद्द केवल एउटा पालिका जितेको एमालेले यो पटक आफू ईतरको सवै शक्तिसंग एक्लै प्रतिष्प्रधा गर्दापनि शानदार जित हात पारेपछि अर्घाखाँची तरंगित भएको छ । अझ हारेका ठाउँमा समेत एमाले केही सय मतले मात्र पराजित भएको छ । भने ६१ वडा मध्ये ३० वडा आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

स्थानिय तहको चुनावको मिति घोषणा भएदेखी नै टोपबहादुर रायमाझीले अर्घाखाँची छोडेनन । आफ्नो भावी संघिय संसदको चुनावको रिहर्सलको रुपमा रायमाझीले यो निर्वाचनलाई दिलो ज्यान दिएर उपयोग गरे । कतिपयले यो निर्वाचनमा हार ब्यहोर्नुपर्ने अवस्थालाई रायमाझीको संघीय संसदको पराजयको रुपमा व्याख्या गरे ।

जसका कारण पनि रायमाझी स्वयंको लागि यो निर्वाचन प्रतिष्ठाको विषय बन्यो । माओवादीमा रहेकाहरुलाइ एमालेमा फर्काउनेदेखि लिएर अन्य पार्टीमा रहेकाहरुलाइ एमाले भित्राउन रायमाझीले कठिन संघर्ष गरे । यसविचमा रायमाझीले हजारौँलाई पार्टी प्रवेश गराए । उनका पुराना सहकर्मीहरु नै विश्लेषण गर्थे “ रायमाझीले यत्ति मेहनत माओवादीमा गरको भए माओवादी नै जिल्लाको पहिलो शक्ति बन्थ्यो ।“

कतिपयले रायमाझी मन्त्री पदको लागि एमालेमा गएको टिप्पणी गरे, कतिपयले माओवादीको भविश्य नदेखेर ट्याक परिवर्तन गरेको आरोप लगाए । कतिपयले रायमाझीलाई अवसरवादीको रुपमा चित्रण गरे । तरपनि रायमाझी विचलित भएनन कठोर परिश्रम पछि एमालेलाई पहिलो शक्ति बनाए ।

एमालेको चुस्त संगठन, उम्मेदवार चयनमा कुशलता

उम्मेद्वार चयनताका एमालेमा छिटफुट विरोध देखिएको थियो । सतहमा समेत देखिएका केही असन्तुष्टीहरुलाई एमालेले यति कुशलताका साथ निवारण गर्यो अनि एमाले एकढिक्का भएर निर्वाचनमा होमियो । जसका कारण एमालेको असन्तुष्टीमा खेल्ने विपक्षीको सपना चकनाचुर भयो ।

एकढिक्का बनेको एमालेले विपरित शक्तिको अन्तरसंघर्षमा पनि मज्जाले खेल्यो । खासगरि उम्मेदवारी चयनको क्रममा नेपाली काँग्रेसमा देखिएको असन्तुष्टी क्यास गरेर अगाडि बढ्न सफल हुनुलाइ नै जितको मुख्य आधार देख्छन केहि विश्लेषकहरु ।

अझ सिंगो अर्घाखाँचीको एमालेलाई आफ्नो नियन्त्रणमा राख्न सफल पुर्व मन्त्री समेत रहेका केन्द्रीय सदस्य चेतनारायण आचार्य पनि यो सफलता प्राप्तीको हकदार रहेको विश्लेकहरु बताउने गरेका छन् । त्यस्तै एमालेको चुस्त संगठन पनि यो सफलता प्राप्तीको कारण रहेको वताईन्छ । जसका कारण एमाले अनेक संघर्ष चिर्दै पहिलो शक्ति बन्न सफल भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ०६ बजे

‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं – यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को

रुस–युक्रेन युद्धमा ‘बेपत्ता ५० हजार’ व्यक्तिको अवस्थाबारे अनुसन्धान भइरहेको छ : रेडक्रस

जेनेभा – युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

जनकपुर – जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

कास्की – उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा