स्थानीय तह निर्वाचन: नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित « Khabarhub

स्थानीय तह निर्वाचन: नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा (माओवादी केन्द्र)बाट तीन जना महिला निर्वाचित भएका छन् ।

यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन् । तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत समाजवादी)बाट पाँच र जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट तीन जना नगर उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुई/दुई जना, नेपाल मजदुर किसान र नागरिक उन्मुक्ति पार्टीबाट एक÷एक जना उपप्रमुखमा निर्वाचित भएका छन् ।

यसैगरी ४०६ गाउँपालिका उपाध्यक्षमध्ये २८९ जना महिला निर्वाचित भएका छन् । कांग्रेसबाट १२६, एमालेबाट ९८, माओवादी केन्द्रबाट ४४, जसपाबाट ११, नेकपा (एकीकृत समाजवादी)बाट दुई, लोसपाबाट तीन, राप्रपाबाट दुई तथा नागरिक उन्मुक्ति, जनमत पार्टी र विवेकशील साझा पार्टीबाट एक/एक जना गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै महिला उम्मेदवार वडाध्यक्षमा ५७ जना निर्वाचित हुनुभएको आयोगले जनाएको छ । अहिलेसम्म पाँच हजार ७४७ जना वडाध्यक्षमा निर्वाचित भइसकेका छन् । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् ।

गत वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ३२ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर