अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै « Khabarhub

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सामाजिक उत्तरदायित्व र जिल्लाको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ ।

समाजको चौथो महाधिवेशन यही असोज ३१ गते शनिबार बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतल बजारको क्रिक रिसोर्टमा आयोजना हुने कार्यक्रम तय गरिएको छ ।

प्रवासमा रहेका धादिङवासीको साझा संस्थाका रूपमा क्रियाशील अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभर छरिएर रहेका जिल्लावासीबीच सम्बन्ध विस्तार, आपसी सहयोग र जन्मभूमिप्रतिको उत्तरदायित्वलाई प्रवर्द्धन गर्दै आएको छ ।

महाधिवेशनले संस्थाको आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण तथा प्रवासी धादिङवासीको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १ : १४ बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान