आफ्नो तस्वीर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै फोटो पत्रकार पौडेल साइबर ब्यूरोमा « Khabarhub

आफ्नो तस्वीर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको भन्दै फोटो पत्रकार पौडेल साइबर ब्यूरोमा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालमा आफ्नो तस्वीर दुरुपयोग गर्दै चरित्रहत्या गरिएको विषयमा सञ्चारकर्मी तथा फोटो पत्रकार श्रीधर पौडेलले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका छन् ।

मोडलिङ एजेन्सीका सञ्चालक मनोज पाण्डेमाथि यौन शोषणको आरोप लगाउँदै सार्वजनिक भएको भिडियोको आधारमा टिकटक, इन्स्टाग्राम, फेसबुक र ट्विटरका केही प्रयोकर्ताहरुले आफ्नो चरित्र हत्या गरेको भन्दै पौडेलले ब्युरोमा उजुरी दिएका हुन्।

एक युवतीले आफूमाथि भएको यौन शोषणको विवरण बाहिर ल्याएपछि त्यसमा आफूलाई अनावश्यक रूपमा मुछेर चरित्रहत्या गरिएको पौडेलको गुनासो छ ।

पौडेलले आफ्नो तस्बिर प्रयोग गरी गालीगलौज र झूटो लाञ्छना लगाउने फेसबुक, इन्स्टाग्राम तथा टिकटकका अकाउन्टहरूको विवरणसहित ब्यूरोमा ठाडो उजुरी दिएका हुन् ।

उनले व्यावसायिक कामको सिलसिलामा आफू काम गर्ने कार्यालयको स्टुडियोमा फोटो सुट गरेको र सार्वजनिक स्थानमा भएको कार्यक्रमको फोटो सुट मात्र गरेको उल्लेख गर्दै यसैको आधारमा गम्भीर आरोप लागेका पाण्डेसँगै आफ्नो नाम र तस्बिर प्रयोग गरेर गम्भीर अपराध गरेको अपराधी झैँ गरी सामाजिक सञ्जालमा राखेको उल्लेख गर्दै कारबाहीको माग गरेका छन् ।

उक्त घटनामा आफू कतै संलग्न नरहेको र पीडितले पनि आफ्नो नाम नलिएको अवस्थामा आफू र परिवारलाई समेत मानसिक तनाव हुने गरी दुष्प्रचार भएपछि प्रहरीमा पुगेको पौडेलले बताए ।

सार्वजनिक भएको भिडियोमा युवतीले आफूले स्टुडियोमा फोटो खिचेको र पाण्डेको कार्यालयमा झगडा हुँदा आफू पुगेको बाहेक अन्य उल्लेख नभए पनि टिकटक, फेसबुक र ट्विटरका केही प्रयोगकर्ताले आधारहीनरुपमा लाञ्छना लगाई गम्भीर साइवर अपराध गरेको भन्दै उजुरीमा केही प्रयोगकर्ताको विवरण समेत उल्लेख गर्दै कारबाहीको माग गरेका छन् ।

ब्युरोका एक अधिकारीले उजुरी परेको र त्यसबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

मिस ग्लोबल इन्टरनेसनल- २०१४ नामक सौन्दर्य प्रतियोगितामा भाग लिएपछि आयोजक पक्षकै एक व्यक्तिले आफूलाई नशालु पदार्थ पिलाएर बलात्कार गरेको आरोप एक युवतीले लगाएपछि सामाजिक सञ्जाल तातिरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ४६ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।