‘यो बजेट सबैभन्दा खराब बजेट हो भन्नु नपरोस्’ « Khabarhub

‘यो बजेट सबैभन्दा खराब बजेट हो भन्नु नपरोस्’



बजेटमा सबै राम्रा मात्र कुराहरु योजनाहरु हुन्छन् भन्ने हुँदैन । कतिपय नराम्रा कुराहरु र योजनाहरु पनि हुन्छन् । त्यसैले मुख्य कुरा आजको संकट विरासतबाट सुरु भएको भन्ने सुन्नमा पाइन्छ । तर, त्यो होइन । किनकी तेलको मूल्यवृद्धि विरासतबाट आएको छैन ।

हिजो आज यो विभिन्न टेक्नोलोजीको विकासको कारणले गत वर्षको रेमिट्यान्स र यो वर्षको रेमिट्यान्सलाई हेर्दा बढेको छ । तर एउटा आइटी इन्जिनियरले राजश्व विभागमा गएर आज नेपालमा इन्टरनेटमार्फत जुुवा १ अर्ब खेलिन्छ भने हामी त्यसलाई ट्रयाक गर्न सक्छौँ । दोश्रो यो क्रिप्टोकरेन्सी कारोबार १० लाख बराबरको कारोबार हुन्छ । त्यस्तो एउटा मान्छेलाई मोनिटर गर्दा एउटा मान्छेलाई झन्डै १० लाख पाउँछन्।

त्यस्ता मान्छेहरु नेपालमा दैनिक १० हजार जति छन् । यो कानुन विपरित भएको भनेर एउटा फाइल अर्थमन्त्रालयमा बुझाइयो । २० दिन पछि राष्ट्र बैंकको स्वीकृत लिनुपर्ने भनेर अर्थ मन्त्रालयले भन्यो । यस्तो अवस्थामा प्रविधिलाई प्रयोग गरेर मान्छे धेरै फास्ट भैसक्यो । तर, राज्य चाहिँ त्यसलाई अन्देखा गरेर अरु अरु अनुमान गरिरहेको छ । त्यसकारण त्यो तहको जनशक्ति ठाउँ ठाउँमा चाहियो ।

आइटी इन्जिनियरहरु यसरि जुन हिसाबले म्यानुपुलेट भैराखेको छ । हामीले त्यसलाई ट्रयाक गर्ने हो भने हामीले राज्यको २ अर्बको यो महिनामा बचाईदिन्छौँ भन्छन् । र, राजश्व विभागले त्यो इन्जिनियरलाई तपाई अधिकृत बराबरको जागिर खानुस नियुक्ति दिन्छौँ भनेछ तर उसले मानेन । राजनीतिक रुपमा म सहयोग गर्छु तिमी राम्रो काम गर भन्यो भने उसले गर्दछ ।

त्यसैले सार्वजनिक ऋण हाम्रो बढिरहेको छ । त्यो ऋण घट्नेवाला छैन । लिएको जति ऋण व्यापारमा जान्छ । त्यसले न उत्पादन बढाउँछ, न रोजगारी बढाउँछ । यस्तो अवस्थामा तरलताको अभाव देखाउछ बैंकले, अहिले पनि झन्डै १ खर्ब ऋण चालु आर्थिक वर्षमा उठाउँदै छौँ । हेटौडा कपडा उद्योगमा केहि पनि छैन । अस्तिपञ्जर मात्र हो । अनि यो नीतिले कहिले आउँछ कपडा र कहिले प्रयोग गर्ने । १० करोड युनिटभन्दा बढि खपत गर्नेले मात्र अनुदान पाउने भनेपछि उद्योग चल्न सकेका छैनन् ।

विद्युतीय चुलो पहिला त हामी त्यो पूर्वाधारमा नै छैनौँ । त्यसको लागि पूर्वाधारको विकास हुनु पर्याे । र, त्यसको लागि हाम्रो अर्थमन्त्रीले ५ खर्ब चाहिन्छ भन्नु भएको थियोे । विदेशबाट आउने सामग्रीमा ९० प्रतिशत छुट दिएपछि यहाँका ६ अर्ब लगानीकर्ता के हुन्छ ? उद्योग धन्दाको निम्ती दिएको जमिन टाट पल्टियो भने सबै बेचेर दिने भनेको त्यसैले सबै त्यतै गएका छन् । जति गरे पनि नीति बनाए पनि त्यसलाई कार्यान्वयन गर्न कहिल्यै लागेनौँ । यो बजेट सबैभन्दा खराब बजेट हो भन्ने दिशातिर न जाओस् ।

(आइएसएसआरले आयोजना गरेको ‘अर्थतन्त्रको आयाम’ शीर्षकमा विश्लेषक कृष्णप्रसाद दाहालले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुती : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=784127619638044

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ३० बजे

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज